ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर बीच सम्झौता भएको छ।
उक्त सम्झौता पश्चात बैंकका खातावालाहरुले हरिसिद्धि, सातदोबाटोस्थित नेपाल क्यान्सर अस्पतालको औषधोपचार सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन्। उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरे।
यसअघि बैंकले देशविदेशका विभिन्न अस्पतालहरुबाट हुने उपचारका क्रममा डेबिट/क्रेडिट कार्डको प्रयोग गर्दा विशेष छुटको सुविधा दिदैं आइरहेको छ।
कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ८८ वटा शाखाहरु, ६१ वटा एटिएम तथा २ वटा एक्सटेन्सन काउन्टरहरुबाट सेवा दिइरहेको छ।