सन नेपाल लाईफ ईन्स्योरेन्स र एनसिसी बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे।
यस सम्झौता अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकहरुले सन नेपालको बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सेवा सहज रुपमा बैंकका शाखाबाट पाउने छन्।
सन नेपालले कारोवार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरी कुल २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरेको छ। कम्पनीले चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मुल्यको साधारण शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।