आइएमई लाइफ इन्स्योरेन्सले ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन गरेको एक वर्ष पुरा भएको छ।
वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दैसञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए।
यस आवमा समेत उल्लेख्य शाखा बिस्तार गरी पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पु¥याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने बताए।
अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहनमूलक योजनाहरु कार्यन्वयन गरिने उनले बताए। त्यस्तै कम्पनीले आगामी दिनमा सबैको लागि पहँुच हुने, लाभदायक तथा नवीनतम बीमा योजनाहरु ल्याइने जनाएको छ।
ब्यवसाय सुरु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ५० ठाउँमा शाखा विस्तार गरेको छ।