क वर्गको वाणिज्य बैंक प्राइम कमर्सियल ले ख वर्गको राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। दुबै कम्पनीबीच आज सम्झौता हुने भएको छ।
दुई कम्पनीको सेयर अनुपात भने टुंगो लागिसकेको छैन। राष्ट्र बैंकले तोकेअनुसार प्राइमले चुक्ता पुँजी ८ अर्ब कटाइसकेको छ भने ओमले साढे २ अर्ब पुर्याइसकेको छ।
प्राइमको कुल निक्षेप ८१ अर्ब ३१ करोड तथा ओमको २१ अर्ब ४५ करोड छ। प्राइमले असार मसान्तसम्म ६९ अर्ब ७० करोड कर्जा प्रवाह गरेको छ भने ओमले १८ अर्ब ३६ करोड प्रवाह गरेको छ।
प्राइमको प्रतिसेयर आम्दानी २३ रुपैयाँ तथा ओमले १५ रुपैयाँ छ। बजारमा प्राइमको अन्तिम मूल्य आइतबार प्रतिकित्ता २९४ रुपैयाँ तथा ओमको १९७ रुपैयाँ रहेको छ।