एनआइसी एसिया बैंक र थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजबीच १० प्रतिशतसम्म छुट दिने सम्वन्धी सम्झौता भएको छ।
बैंकका कर्मचारी, कर्मचारीका परिवार, डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकलाई नर्भिक हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।
सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे।
बैंकका मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।