एनएमबि बैंकले २२ औँ वार्षिक साधारण सभामार्फत लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको छ।
बिहीबार नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सभा बसेको हो।
साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने निर्णय पारित गरेको हो।
बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ८ अर्ब ७४ करोड पुग्नेछ। हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ।