सेयर बजारमा नेप्से परिसूचक ०.६१ बिन्दुले बढेर एक हजार २१० मा पुगेको छ। यस दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सामान्य अंकले घट्दा नेप्से भने हरियो बनेको हो।
यस दिन १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर ४५ करोड ५२ लाख ४३ हजार ७८५ मूल्यमा खरीद बिक्री भएको छ।
स्टकका अनुसार आज दुई उपसमूहको शेयर बढ्दा अन्य उपमूहको शेयर भने ओरालो लागेको छ। बैंकिङ ४.१ र उत्पादन ७७.३२ बिन्दुले बढेको छ।
यस्तै व्यापार ३.७१, होटल २७.२५, विकास बैंक २.५३, जलविद्युत् १६.७७, फाइनान्स २.७५, निर्जीवन बीमा २०.७७, अन्य २.६४, माइक्रोफाइनान्स १३.७८ र जीवन बीमा २९.८७ बिन्दुले घटेका छन्।
यस दिन नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापकतर्फको सेयर कारोबार उच्च रह्यो। सो कम्पनीको १ करोड ८९ लाख रुपैयाँको कारोबार भयो। त्यसपछि उच्च कारोबार हुनेमा एनएमबि तथा नविल बैंक रहे।
यस दिन नाफाका आधारमा बोटलर्स नेपालका लगानीकर्ता अगाडि रहे। उनीहरुको मूल्य ८ प्रतिशतले बढ्दा यूनिलिभरको मूल्य ६ प्रतिशतले बढ्यो
ललितपुर फाइनान्सका लगानीकर्ताले भने ९ प्रतिशत गुमाए।