सिटिजन्स बैंकको एफपिओ बाँडफाँड भएको छ।
बैंकले प्रतिकित्ता २ सय रुपैयाँका दरले कुल ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निश्कासन गरेको थियो।
कुल ४६ हजार ३७६ जनाले १० कित्ताका दरले र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। यो कुल आवेदन गर्नेमध्ये ७३ प्रतिशत हो। अर्थात २६ प्रतिशत आवेदकको हात खाली रह्यो।
एफपिओमा अत्याधिक आवेदन परेपछि गोलाप्रथा गर्नुपरेको हो। कुल ६२ हजार ७८२ जनाले ६१ लाख बढी कित्ताका लागि आवेदन दिएका थिए।