शेयर बजार आज पनि ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३७ बिन्दुले घटेर २४९.१३ बिन्दुमा कायम भएको छ।
आइतबारदेखि सामान्य अंकमा घट्दै आएको बजार आज भने करिब सात अंकले ओरालो लागेको हो। स्टकका अनुसार आज कुल १६३ कम्पनीको आठ लाख ६९ हजार ३०७ कित्ता शेयर १९ करोड ६९ लाख ४५ हजार २७३ रूपैयाँ मूल्यमा खरिद बिक्री भएको छ।
व्यापार उपसमूहको मात्रै आज शेयर बढेको छ। सो उपसमूहको शेयर २.११ बिन्दुले बढेको छ। अन्य उपसमूहको शेयर भने आज घटेका छन्। बैंकिङ ३.३७, होटल ३१.५२, विकास बैंक १.३१, जलविद्युत् १६.८८, वित्त ०.७, निर्जीवन बीमा ७०.०७, अन्य ०.४२, माइक्रोफाइनान्स १६.४७ र जीवन बीमा समूहको १०२.८३ बिन्दुले घटेको छ।
आरम्भ माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले आज कमाएका छन् भने मल्टीपर्पस फिनान्स कम्पनी र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन्।