सिद्धार्थ ईन्स्योरेन्स सञ्चालक समितिका नव नियुक्त अध्यक्ष रतनलाल केडियाले सपथ लिएका छन्। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
लामो समय देखि उद्योग व्यवसायको क्षेत्रमा क्रियाशिल संस्थापक शेयरधनी केडियालाई सञ्चालक समितिले सञ्चालकको पदमा नियुक्त गरे आइतबार बसेको सञ्चालक समितिको १३६ औं बैठकले सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको थियो।
बीमा कम्पनीका अध्यक्षले समितिका अध्यक्षमार्फत सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ।