निरन्तर ओर्लिएको एक सातापछि सेयर बजारमा सुधार आएको छ।
सोमबार बजारको परिसूचक नेप्से १२ दशमलव ८४ अंकले बढेको छ भने सबै उपसूचक तथा उपसमूहहरु बढेका छन्। नयाँ आर्थिक वर्ष लागेपछि पहिलो पटक सेयर बजारको परिसूचक हरियो बनेको हो।
सोमबारको कारोबारपछि परिसूचक ११९४ अंकमा कायम भएको छ। कुल १५७ कम्पनीको १८ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भयो।
यस दिन सबै उपसमूहहरु बढेका छन्। बैंकिङ ८, विकास बैंक १५, जलविद्युत १९, फाइनान्स १, निर्जीवन बीमा कम्पनी १३३, उत्पादन १०, अन्य ९, माइक्रोफाइनान्स ३५ र जीवन बिमा समूह ५४ अंकले बढे।
कारोबारका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा रह्यो। कम्पनीको १ करोड ६० लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता ६१७ रुपैयाँ कायम भएको छ।
कारोबार रकमका आधारमा दोस्रो स्थानमा नविल बैंक अगाडि रह्यो। उसको १ करोडको कारोबार भयो। सेयर मूल्य भने ९ सय रुपैयाँ नै कायम भएको छ।
नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले यस दिन १० प्रतिशत नाफा कमाए। त्यस्तै हिमालयन बैंकको मूल्य ६ प्रतिशतले बढ्यो। जलविद्युत लगानी तथा विकास कम्पनी र साना किसान विकास बैंकको मूल्य ५ प्रतिशतले बढ्यो। तिनाउ विकास बैंकका लगानीकर्ताले ४ प्रतिशत गुमाए।