सानिमा बंैकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिषेश उपहार दिने योजना ल्याएको छ । यो योजना अन्र्तगत सानिमा बंैकको मुख्य कार्यालय नक्साल लगायत ७३ शाखाहरुबाट बिषेश उपहार दिने घोषणा गरेको छ।
साउन महिना भरी चल्ने यो योजनासँगै बैंकले निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई उपचारकालागि प्रति व्यक्ति रु. २० हजार नबढ्नेगरि सहयोग गर्दै आएको छ । यसका लागि बैंकले पाटन अस्पताल सँग सहकार्य गरी आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ ।
बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ७ प्रतिशत सम्मको ब्याज उपलब्ध गराउँदै आएको छ।