एनआइसी एशिया बैंक लिमिटेडले सुर्या लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंककाग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमासुर्या लाईफइन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन्। उक्तसम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे।