यो साता सेयर कारोबार रकममा ३१ प्रतिशतले कमी आएको छ।
साताभर जम्मा १८६ कम्पनीहरुको एक अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। जवकि गत साता १९१ कम्पनीहरुको दुई अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेर अन्तिम दिन ११९३ अंकमा कायम भएको छ। फाइनान्स र व्यापारबाहेकका सबै समूह यो साता घटेका छन्। फाइनान्स ६ र व्यापार समूह १ अंकले बढे।
बैंकिङ ४, विकास बैंक ०. ३, लघुवित्त ३२, जलविद्युत १०, होटल ६, बिमा ८३ र उत्पादन समूह ४ अंकले घटे। अन्य समूह १ अंकमुनि रातो रह्यो।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३९ अंकले घटेर २५१.४२ अंकमा आईपुगेको छ।
यस साता कारोबार रकम (३५ करोड ८० लाख १० हजार रुपैयाँ) को आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (१२ लाख ५२ हजार कित्ता) को आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (९६८ वटा) को आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ।