नेपाल इन्भेष्टमेन्ट बैंकले ‘यूरोमनी एक्सिलेन्स– बेष्ट बैंक नेपाल २०१८’को अवार्ड पाएको छ।
प्रतिष्ठित अंग्रेजी आर्थिक मासिक पत्रिका यूरोमनीले बुधबार हङकङमा एक कार्यक्रमका बीच बैंकलाई अवार्ड प्रदान गरेको हो। बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहले उक्त अवार्ड ग्रहण गरे। इन्भेष्टमेन्ट बैंकले पहिलो पटक यो अवार्ड पाएको हो।
सन् १९६९ मा पहिलो पटक प्रकाशित यूरोमनी म्यागजिनका शेयर होल्डरहरुले यो पुरस्कारको थालनी गरेका हुन्। वित्तीय संस्थाको सेवा, सुविधा तथा अवस्थाका बारेमा विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछि यो अवार्ड प्रदान गरिन्छ।
आठ लाख ७० हजार भन्दा बढी ग्राहक रहेको बैंकको हाल ७७ वटा शाखा तथा १०४ वटा एटिएम संचालनमा छन्। ५७ वटा शाखारहित बैंकिङ सेवा संचालनमा छन्।
गत आवको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १० अर्ब ६५ करोड पुगेको छ भने बैंकको प्राथमिक पूँजी २० अर्ब ९४ करोड छ। यस अवधिसम्ममा बैंकले २ अर्ब ८४ करोड खुद नाफा गर्न सफल भएको छ। पाँच पटकसम्म बैंक अफ द इयर प्राप्त इन्भेष्टमेन्टले अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइ.सि.आर.ए.) नेपालबाट ए प्लस को मान्यता पाएको छ।