आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ९२ लाख बीमा शुल्क आर्जन गरेको छ।
उच्च व्यवस्थापन तथा कर्मचारीहरुसँग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शाखा संख्या ४२ पुगेको जानकारी दिए। छोटो अवधिमै कम्पनीले प्रगति हासिल गर्नुमा कर्मचारीको मिहेनत प्रमुख कारण रहेको उनले औंल्याए।
कर्मचारीको संख्या २३५ रहेको उनले जानकारी दिए। एक उत्कृष्ट निर्जीवन बीमा कम्पनीको रुपमा यसलाई अघि बढाउने बादेले प्रतिबद्धता जनाए।