सिद्धार्थ इन्स्योरेन्सले सबै प्रदेशमा निर्जीवन बीमा सेवा विस्तार गर्ने लक्ष्य अनुरुप आजदेखि थप ६ शाखा सञ्चालनमा ल्याएको छ।
कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, बाराको निजगढ, मोरङ्गको विराट चोकमा शाखा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
यसबाट बीमाको पहँुच बढाउन सहयोग मिल्ने छिटो छरितो एवं प्रभावकारी बीमा सेवा प्रदान हुने कम्पनीले जनाएको छ। यो विस्तारसँगै ६१ वटा शाखा कार्यालय पुगेको सिद्धार्थले जनाएको छ। गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको जनाएको छ।