सानिमा बैंकले बिभिन्न गाउँपालिकाहरुमा थप १६ वटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ।
नेपाल राष्ट्र बैंकले तोके बमोजिम २०७५ असार मसान्तसम्म सम्पूर्ण स्थानीय तहमा शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
नुवाकोटको किस्पाङ र शिवपुरी, दैलेखको डुङ्गेश्वर, मकवानपुरको बाग्मती र कैलाश, पर्साको पर्सागढी र पटेर्वा सुगौली, ललितपुरको कोन्ज्योसोम, उदयपुरको उदयपुरगढी, इलामको फाकफोकथुम, सुर्खेतको चिङ्गाड, डडेल्धुराको भागेश्वर, खोटाङको दिप्रुङ चुईचुम्मा, कालिकोटको सान्नी त्रिवेणी, बाजुराको हिमाली र दोलखाको मेलुङ्गमा शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ।
तिसहित बैंकका सात वटै प्रदेशमा हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ एटिएम संचालनमा आएका छन्। असार मसान्तसम्म बैंकको पुँजीकोष अनुपात १५. ५ प्रतिशत तथा निश्क्रिय कर्जा ०. ०१ प्रतिशत कायम भएको छ। कर्जा निक्षेप अनुपात ७१. ६६ प्रतिशत रहेको छ।