सेयर बजारमा आजदेखि जीवन तथा निर्जीबन बीमा कम्पनीको उपसमूह छुट्टिएका छन्। यसअघि ती दुवै उपसमूहलाई बीमा उपसमूहमा राखी गणना गरिँदै आएकोमा आजदेखि जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनी गरी दुई उपसमूहमा विभाजन गरिएको हो।
यसरी विभाजन गरिएपछि जीवन बीमा र निर्जीवनको सूचक सही रुपमा बुझ्न लगानीकर्तालाई सहजता हुनेछ। नेप्सेमा कुल १५ निर्जीवन कम्पनी र ७ जीवन बीमा कम्पनी सूचीकृत छन्।
अब नेप्सेमा उपसमूहको संख्या ११ पुगेको छ। बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, जलविद्युत कम्पनी, उत्पादन, व्यापार, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा कम्पनी, निर्जीवन बिमा कम्पनी नेप्सेका उपसमूह हुन्। ति उपसमूहले सम्वद्ध कम्पनीहरुको एकीकृत सूचकलाई जनाउँछ।