बैंकिङ्ग पहुँच नपुगेकका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा अनिवार्यरुपमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति अनुरुप आफुले खोल्नु पर्ने सबै १७ वटै स्थानहरुमा सिद्धार्थ बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई तोके बमोजिम स्थानीय तहमा खोल्नुपर्ने सबै शाखाहरु संचालनमा ल्याउनेमा सिद्धार्थ बैंक पहिलो बैंक हो ।
स्थानीय तहमा खोलिएका समेत गरी बैंकका सबै शाखाहरुबाट सरकारी तथा अन्य संघ संस्थाका साथैै सर्वसाधारण एवं उद्यमी व्यवसायीहरुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकमभुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्तगर्न सक्ने बैंकले जानकारी दिएको छ।
बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभरका १२१ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ९०० भन्दा बढी पिओएस मेसिनमार्फत् बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।