सानिमा बैंकले टिथ फर नेपाललाई आर्थिक सहयोग उपलब्ध गराएको छ। शैक्षिक क्षेत्रमा स्वयम् सेवा गरिरहेको संस्थालाई बैंकले १० लाख रुपैयाँ सहयोग गरेको हो।
विगत ५ बर्ष देखि सामाजिक उत्तरदायित्व अन्र्तगत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ र हाल सम्म १८९ बिद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको जनाएको छ।
सानिमा बंैकका सात वटै प्रदेशमा हाल ६६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम रहेका छन् । साथै, आषाढ मसान्त सम्ममा ७४ वटा शाखा हुने छन् ।