नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि पुनर्कर्जा कोषको रकम बढाएको छ। बैंकले यस्तो कोषको आकार २५ बाट ३५ अर्ब कायम गरेको हो।
राष्ट्र बैंकले तोकेका प्राथमिकयुक्त क्षेत्रमा सहुलियत ब्याजदरमा कर्जा प्रवाह होस् भन्ने उद्देश्यले यस्तो कोष खडा गरिएको हो।
कोषमार्फत् कृषि, उर्जा तथा पर्यटन क्षेत्रमा लगानी गर्नेले सहुलियत ब्याजदरमा ऋण प्राप्त गर्न सक्नेछन्। साथै आगामी आर्थिक वर्षदेखि नवीकरणीय उर्जाबाट चल्ने सार्वजनिक सवारी साधनका लागि दिइने कर्जालाई समेत प्राथमिकप्राप्त कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको छ।
त्यस्ता सवारी साधनका लागि पनि सहुलियत व्याजदरमा ऋण प्राप्त हुनेछ।