शेयर बजारको परिसूचक नेप्से करिब १० अंकले घटेको छ।
९. ७२ अंकले घटेर एक हजार २१० बिन्दुमा नेप्से आइपुगेको छ।
यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २.०७ बिन्दुले घटेर २५३.९७ बिन्दुमा पुगेको छ। आज कूल १५८ कम्पनीको पाँच लाख ७४ हजार ७८१ कित्ता शेयर १८ करोड ५१ लाख ७० हजार मूल्यमा खरिद बिक्री भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा १ करोडले कमी हो।
आज दुई उपसमूहको शेयर भने बढेको छ। होटल २.२६ बिन्दु र उत्पादन समूहको शेयर १.८६ बिन्दुले बढेको छ।
यस्तै बैंकिङ ८.११, विकास बैंक १०.२९, जलविद्युत् १७.१२, फाइनान्स ०.९४, बीमा ७९.७६, अन्य ३.१ र माइक्रोफाइनान्स समूह १३.७५ बिन्दुले घटेको छ।
यस दिन कुनै पनि कम्पनीको कारोबारले १ करोड छोएन। सबैभन्दा बढी रकमको कारोबार भएको समता माइक्रोफाइनान्सको सेयर ८८ लाख रुपैयाँमा सीमित रह्यो।
यस दिन खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशत कमाए भने जेविल्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशत गुमाए।