नाडेप लघुवित्त वित्तीय संस्थाको आइतबारदेखि प्राथमिक सेयर खुलेको छ। अंकित मूल्य एक सयका दरमा कुल ४ लाख ८० हजार कित्ता आइपिओ खुल्ला भएको हो। सोमध्ये २४ हजार कित्ता कर्मचारी र २४ हजार कित्ता सामुहिक लगानी कोषहरुलाई आरक्षण गरिएको छ।
बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आइपिओमा न्यूनतम १० कित्ता तथा अधिकतम २ हजार ४ सय सम्म आवेदन दिन पाइनेछ।
छिटोमा असार १३ गते आइपिओको आवेदन बन्द हुनेछ। आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरुबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
धादिङको गजुरीमा प्रधान कार्यालय रहेको लघुवित्तको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ।
सर्वसाधारणका लागि ३० प्रतिशत सेयर दिन लागेको कम्पनीको आइपिओपछि चुक्ता पुँजी १६ करोड पुग्नेछ।