गाउँगाउँमा वित्तीय पहुँचका लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे एनआइसी एसिया बैंकले मोरङ्ग जिल्लाको ग्रामथान गाउँपालिकास्थित लखन्तरीमा एघारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।
सो शाखारहित बैंकिङ्ग सेवाको ग्रामथान गाउँपालिका उपाध्यक्ष फुलकुमारी चौधरीले उद्घाटन गरिन्। सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा मनचन चौधरीलाई नियुक्त गरेको छ।
ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन्। साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने बैंकले विश्वास लिएको छ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमा भित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन्।