एनआइसी एशिया बैंकले भिसा इन्टरनेसनल यूएसडी क्रेडिट कार्ड संचालनमा ल्याएको छ।
नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने यो कार्डमा अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सिमा उपलव्ध हुनेछ।
निशुल्क अनलाइन पेमेन्टको सुविधा, कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न सकिने, अधिकतम ४५ दिनसम्म सर्भिस चार्ज फ्रि क्रेडिट पिरियड उपभोग गर्न सकिने, १० प्रतिशत वा शत प्रतिशत भुक्तानीको व्यवस्था लगायतका विशेषता कार्डमा छ।
मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ।
यो मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो। बैंकको वासलातको आकार १७३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १४८ अर्ब पुगेको छ भने कुलकर्जा करिब ११९ अर्ब पुगेको छ। ग्राहकको संख्या करिब ११ लाख ५० हजार पुगेको बैंकले जनाएको छ।