सिभिल बैंकले स्मार्ट वेबसाइट संचालनमा ल्याएको छ। इन्टरनेट बैंकिङ सेवामा जोडिएका ग्राहकले वेबसाइटबाटै आफ्नो खाताको सम्पुर्ण विवरण हेर्न पाउने भएका छन्।
बैंकले स्मार्ट वेबसाइटको सुरुआत गरेसँगै खाताधनीले यस्तो सुविधा पाउने भएका हुन्। सो वेबसाईटको एक कार्यक्रमका बीच बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले अनावरण गरे। साथै बैंकको रकम अन्यमा रकमान्तर गर्न सकिने सुविधा पनि रहेको शाक्यले जानकारी दिए।
यो स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिने बैंकले जनाएको छ। त्यस्तै अन्य सेवा तथा सुविधाको बारेमा जानकारी लिन, मोबाइल टपअपको सुविधा, ल्यान्डलाइन, एडीयसयल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।
हालसम्म २ लाखभन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ। बैंकका अनुसार ३७ अर्ब भन्दा बढी निक्षेप संकलन भई करिब ३६ अर्ब कर्जा लगानी भएको छ। कुल शाखा संख्या ६३ पुगेकोे बैंकले जनाएको छ।