सेयर बजारको परिसूचक नेप्से आठ अंकले झरेको छ। १२१७ अंकमा रहेर नेप्से बन्द भयो। १५६ कम्पनीको २७ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भयो। बजारको पुँजीकरण १४ खर्ब ३६ अर्ब कायम भएको छ।
यस दिन व्यापार समूह स्थिर रह्यो भने अरु सबै घटेका छन्। बैंकिङ र होटल ६/६ अंकले घटे। विकास बैंक र अन्य ७/७, जलविद्युत २०, फाइनान्स १, बिमा ४०, उत्पादन ३ र माइक्रोफाइनान्स समूह १० अंकले ओर्लिए।
ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै रकमको कारोबार भयो। उसको ३ करोड ६१ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता १७७ रुपैयाँमा कायम भएको छ। मेगा बैंकको पौने ३ करोडको कारोबार भयो।
एभरेष्ट बैंकको अग्राधिकार सेयर लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत कमाए। एक्सल डेभलपमेन्टको मूल्य ३ प्रतिशतले बढ्यो। युनाइटेड मोदी, उन्नति माइक्रोफाइनान्स र राधी विद्युतका लगानीकर्ताले ४ प्रतिशत गुमाए।
यसैबीच सिभिल बैंकले लगानीकर्तालाई १० दशमलव २५ प्रतिशत बोनस दिने भएको छ।