बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्सले बुधबारदेखि कारोबार थालेको छ।
कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृति प्राप्त गरेपश्चात कर्पाेरेट कार्यालय हात्तिसारबाट कारोबार थालेको हो। एक औपचारिक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष कुनाल क्यालले कार्यालयको उद्घाटन गरी सेवा सुभारम्भको घोषणा गरे।
कम्पनीको कुल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहनेछ। कम्पनीको चुक्ता पुँजी १अर्ब रुपैयाँ रहेको छ। नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था तथा प्रतिष्ठित व्यापारिक घराना समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर जारी गर्ने जनाएको छ।
एस के तमोटले महाप्रवन्धकको रुपमा रही कार्यभार सम्हाल्नेछन्। बीमाको नयाँ नयाँ प्याकेज लिएर देशैभर शाखा सञ्जालमार्फत दरिलो उपस्थिति जनाउने कम्पनीले प्रतिबद्धता जनाएको छ।