आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सेयरको बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।
निष्काशन तथा विक्रीप्रवन्ध गर्ने सम्वन्धमा इन्स्योरेन्सका तर्पmबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटलका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरे।
सिभिल क्यापिटलले आइएमई लाइफको १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। हाल आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ। उक्त शेयर निष्काशनपश्चात २ अर्व कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशत रहने छ।
कम्पनीले २०७४ भदौ १ गते देखि कारोवार थालेको हो।