सेयर बजार मंगलबार करिब ९ अंकले घटेको छ। ८.९७ अंकले ओर्लिएर नेप्से १२२६ अंकमा कायम भएको छ। १५७ कम्पनीको २० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भयो। बजारको पुँजीकरण १४ खर्ब ४६ अर्ब कायम भएको छ।
यस दिन सबै समूहहरु ओर्लिएका छन्। बैंकिङ ५, होटल ८, विकास बैंक १४, जलविद्युत २, फाइनान्स ३, बिमा ९३, उत्पादन १९, अन्य ३ र माइक्रोफाइनान्स १४ अंकले घटेका छन्।
नेपाल बैंकको कारोबार सबैभन्दा उच्च रह्यो। कम्पनीको २ करोठ ६७ लाखको कारोबार भयो। कम्पनीले एफपिओ निश्कासनको स्वीकृति पाइसकेको छ।
एनआइसी एसिया बैंकको २ करोड ६६ लाखको कारोबार भयो। कमाउनेमा समता माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१५९ कायम भएको छ। खानीखोला जलविद्युतका लगानीकर्ताले ५ प्रतिशत कमाउँदा राधी विद्युतका लगानीकर्ताले साढे ४ प्रतिशत गुमाए।