यूनाईटेड इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन्।
कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो ।
सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. सम्मको अध्ययन गरेका भट्टराईले यूनाईटेड ईन्स्योरेन्स, प्रुडेन्सियल ईन्स्योरेन्स र नेको ईन्स्योरेन्स सहित करिब १९ वर्ष बीमा व्यवसायमा रही काम गरे।