नेपाल इन्भेष्टमेन्ट बैंकले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित लान्तीमा शाखा खोलेको छ। बैंकको यो ७२औ शाखा हो।
वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनालाई निरन्तरता दिँदै सो शाखा संचालनमा ल्याइएको बैंकले जनाएको छ।
बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई ३ अर्ब ७६ करोड लगानी गरेको छ। आठ लाखभन्दा बढी ग्राहक संख्या रहेको बैंकको १०० वटा एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर संचालनमा छ।