बुधबार नेप्से परिसूचक सामान्य अंकमा बढेको छ। २. ८१ अंकले बढेर नेप्से १२४२ अंकमा कायम भएको छ। १६१ कम्पनीको २० करोड ८५ लाख रुपैयाँको कारोबार भयो। बजारको पुँजीकरण १४ खर्ब ६५ अर्ब कायम भएको छ।
यस दिन अन्यबाहेकका सबै समूह बढेका छन्। सो समूह ३ अंकले घट्यो। बैंकिङ २, होटल १७, विकास बैंक ६, जलविद्युत ८, फाइनान्स २, बिमा १८, उत्पादन ११ र माइक्रोफाइनान्स ५ अंकले बढे।
कारोबार रकमका आधारमा ग्रामीण विकास बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको १ करोड ३५ लाखको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकको १–१ करोड बढी रकमको कारोबार भयो।
राधी विद्युत र नेपाल हाइड्रो डेभलपर्सको सबैभन्दा धेरै साढे ९ प्रतिशत बढीले मूल्य बढ्यो।
गुमाउनेमा कर्णाली विकास बैंकका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ७ प्रतिशतले घट्यो। यसैबीच गण्डकी विकास बैंकको अध्यक्षमा सुशिल गौचन नियुक्त भएका छन्। बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले गौचनलाई अध्यक्ष नियुक्त गरेको हो।