सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकन्ठको मन्डिखटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले शाखाको औपचारिक उदघाटन गरे।
बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकन्ठ नगरपालिकाको कपन क्षेत्रमा वडा नं १२ को कार्यालमा एक्सटेन्सन काउन्टर पनि सुचारु गरेको छ। बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकलाई सेवा पुर्याउने छ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा, ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा, ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।