एनआइसी एसिया बैंकमा खाता हुनेहरुले एक लाखसम्मको राजश्व अनलाइन माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन्।
बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा खाताबाट सिधै सरकारको राजश्व खातामा ट्रान्सफर गर्नमिल्ने सुविधा ल्याएको हो।
यो सुविधा सुबिधा उपयोग गर्न बैंकका ग्राहकले एक पटकका लागि आफ्नो खाता न क्लियरिङ्ग हाउसको ई–पेमेन्ट सम्बन्धी वेबसाइट www.connectips.com मा दर्ता गराउनुपर्ने छ।
उक्त वेबसाइटमा रहेको फारम डाउनलोड गरी यस बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्ने र रुजु भएपछि १ लाखसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको अनलाइन राजश्व संकल वेबसाइट https://rajaswa.fcgo.gov.np मा लगइन गरी राजश्व भुक्तानी गर्न सकिने छ।