एभरेष्ट बैंकले चितवनको टाँडीमा आफ्नो शाखा संचालनमा ल्याएको छ।
सो शाखाको रत्ननगर नगर पालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा उदघाटन गरे।
योसहित एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ।