एनसीसी बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता


नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बंैकासुरेन्स सम्झौता भएको छ।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे।

यस सम्झौता अन्र्तगत एनसीसी बैंकका ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा गर्न सक्नेछन्।

सरल, सुलभ तरिकाले एभरेष्ट इन्स्योरेन्स कम्पनीका निर्जिवन बीमा लेखहरु बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.