हिमालयन बैंकका दुई शाखा विस्तार


हिमालयन बैंकले थप दुई शाखा विस्तार गरेको छ।

बारा जिल्लाको प्रसौनी र बाँके जिल्लाको राप्ती सोनारी, शम्शेरगंजमा बैंकले शाखाहरु सञ्चालनमा ल्याएको हो।

उक्त शाखाहरुबाट बैंकले ग्राहकलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ। नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.