नबिल बैंकले थप्यो पाँच शाखा


नबिल बैंकले पाँच थप शाखाहरु संचालनमा ल्याएको छ।

बैंकले रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर र डढेलधुराको आलिताल गाउँपालिकामा शाखाहरु संचालनमा ल्याएको हो।

कम्तीमा एक स्थानीय तहमा एउटा बाणिज्य बैंकको शाखा संचालन गर्ने सरकारको नीतिअनुरुप शाखाहरु थपिएको बैंकले जनाएको छ।

नबिल बैंकका ६७ शाखा, १११ वटा एटिएम र १,५०० भन्दा बढी रेमिट एजेन्ट संचालनमा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.