एभरेष्ट बैंकले आइएमई जनरल इन्स्योरेन्सको बिमा सेवा दिने


आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकका सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरे।

सम्झौता पश्चात बैंकका ग्राहकले आइएमई जनरल इन्स्योरेन्सबाट पाउने सबै सेवा प्राप्त गर्न सक्नेछन्।

उक्त कार्यक्रममा बैंकका प्रमुख कर्याकारी अधिकृतसोमेश्वर सेठ, नायब महाप्रबन्धक द्धय राजिव जैन र गिरिश कोहली, इन्स्योरेन्सका नायब महाप्रबन्धक द्धय शरण रेग्मी र पवन थापाको उपस्थिति रहेको थियो।

सोही अवसरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसंगको सम्झौताबाट बिमा सेवा थप सरल, सहज र चुस्त हुने विश्वास व्यक्त गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.