मेगा बैंक नेपालले तनहुँ, स्याङजा र धनुषामा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकिङ पहुँच बाहिर रहेकालाई घरदैलोमै बैंकिङ सेवा पुर्याउने उद्देश्यले तनहुँ जिल्लाको भानु तथा स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा शाखा विस्तार गरेको हो। स्याङजा र धनुषामा यसअघि नै शाखा रहे पनि तनहुँमा पहिलोपटक शाखा विस्तार गरिएको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकको नीति अनुसार ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिइएको बैंकको भनाइ छ। एक सातामा मेगा बैंकका ८ वटा शाखाहरु थप भएका छन्। गत साता पाँचथरको कुमायक, सिन्धुपाल्चोकको इन्द्रावती, इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा विस्तार गरिएको थियो।
मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन्।