घरबाटै सिटिजन्स बैंकमा खाता खोल्न मिल्ने


सिटिजन्स बैंकले घरबाटै खाता खोल्ने मिल्नेगरी नयाँ वेबसाइट सार्वजनिक गरेको छ।

नयाँ साइटबाट कर्जाका लागि पनि आवेदन दिन मिल्ने बैंकले जनाएको छ। अनलाइन आस्बा, डिम्याट, केवाइसी फारम पनि घरमै बसेर भर्न सकिने बैंकको भनाइ छ।

नयाँ वेबसाइट सर्वजनिक गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले समयको प्रवाहसँग बैंक चल्दै आएकोे बताए।

आगामी दिनहरुमा थप नयाँ प्रविधिलाई आत्मसाथ गर्दै जनताको घर दैलोमा बैंकिङ सेवालाई सरल र छरितो रूपमा पुर्याउन उनले प्रतिबद्धता व्यक्त गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.