एभरेष्ट बैंकको दृष्टिविहीन बालबालिकालाई सहयोग


विश्व अपाङ्गता दिवसको अवसर पारेर एभरेष्ट बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दृष्टिविहीन बालबालिकालाई सहयोग गरेको छ।

लगनखेलको नमुना महेन्द्र सेकेन्डरी स्कुलका विद्यार्थीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नायब महाप्रबन्धक राजिव जैनले आवश्यक सामाग्री वितरण गरे।

उक्त कार्यक्रममा रिसोर्स पर्सन बुद्ध लक्ष्मी श्रेष्ठ, बैंकका सिनियर म्यानेजर रंजन खड्का र लगनखेल ब्रान्चका म्यानेजर लभ कुइकेलको उपस्थिति थियो।
बैङ्कले सामाजिक दायित्वको सन्दर्भमा यसअघि पनि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेको छ।
बैंकले ६४ शाखा, २ एक्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.