माछापुच्छ्रे बैंकको लाभांश स्वीकृत

माछापुच्छ्रे बैंकको लाभांश स्वीकृत


माछापुच्छ्रे बैंकको १९ अाैं वार्षिक साधारण सभाले लाभांश स्वीकृत गरेको छ।

पोखराको होटल ग्राण्डमा अध्यक्ष रोशन केसीको सभापतित्वमा सम्पन्न सभाले प्रस्तावित लाभांश स्वीकृत गरेको हो। बैंकले शेयरधनीहरुलाई हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गनेृछ।

साथै आर्थिक बर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन पारित भएको छ।  सभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रहेकोमा बोनस सेयर वितरणपछि ८ अर्व ५ करोड पुग्नेछ।

बैंकले सोही अवसरमा नयाँ बजार, पोखरास्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ।

चालु आवको पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको छ। सो अवधिसम्म ६० अर्ब ३० करोड निक्षेप परिचालन गरी ५४ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ।

बैंकका ६२ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर तथा ८४ एटीएमहरु संचालनमा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.