नेसनल लाइफ इन्स्योरेन्सद्वारा ३८ लाखको मृत्यु दाबी भुक्तानी


नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ।

कम्पनीले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी बापत सो बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका सिइओ भरत बस्नेतले हस्तान्तरण गरे।

आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नबहादुर वलीले यस नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा २०७१ असार ३१ गते २५ लाख रुपैयाँको जीवन बिमा गरेका थिए। बिमितको निधन भएकाले कम्पनीले बिमा दाबी भुक्तानी गरेको हो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.