अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले 'भविष्यलाई सँगै नेतृत्व गरौं' भन्ने नाराका साथ डिलर मिट २०२४ सोल्टी वेस्टएन्ड रिसोर्ट, नगरकोटमा आयोजना गरेको छ।
वर्षौंदेखिको सफल सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यले आयोजित यस समारोहमा नेपालभरीबाट पावरोल जेनसेटका डिलरहरूलाई आमन्त्रित गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले नेपाली ऊर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए।
कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरिएको थियो।
बजारमा महिन्द्रा पावरोलका ५ केभिएदेखि ६२५ कभिएसम्मका २८ थरीका मोडलहरू उपलब्ध छन्।
बलियो महिन्द्रा इन्जिनबाट बनेका यी पावरोल जेनेरेटरहरूमा ऊर्जा उत्पादनको लागि विश्व प्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको छ।
साथै, उत्कृष्ट इन्धन क्षमता, कम उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटको लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरहरूमा विश्व विख्यात ब्राण्ड डिपिसि (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको छ।
कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समिर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा तथा महिन्द्रा पावरोल र अग्नि ग्रुपका विशेष अतिथिहरूले सहभागिता जनाएका थिए।
उनीहरूले कार्यक्रममा कसरी एउटा बलियो सहकार्य हुँदा अग्नि मोटोइंक तथा डिलरहरूले लगातार सफलता प्राप्त गर्दै अघि बढ्न सक्छन् भनेर आ-आफ्ना धारणा राखेका थिए।