तरकारी बजारमा भिण्डी र तितेकरेला सस्तियो, यस्तो छ कालिमाटीको मूल्य


तरकारी बजारमा भिण्डी र तितेकरेला सस्तिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भिण्डीको खुद्रा मूल्य शनिबार प्रतिकेजी औसत ४५ रुपैयाँ कायम भएको छ। जवकि १५ दिनअघि यसको मूल्य ७५ रुपैयाँ थियो।

त्यस्तै तितेकरेला पनि सस्तिएको छ। कालिमाटी बजारमा तितेकरेलाको खुद्रा मूल्य औसत प्रतिकेजी ३५ रुपैयाँ छ। १५ दिनअघि ५५ रुपैयाँ रहेको थियो।

यी दुवै तरकारीको सबैभन्दा उपयुक्त सिजन भएकाले यतिबेला यी तरकारीको भाउ सस्तिएको व्यापारीहरु बताउँछन्। व्यापारी तेजेन्द्रप्रसाद सापकोटाले अहिले स्वदेशी भिण्डी र तितेकरेलाले पनि बजार ओगटेकाले मूल्य घटेको बताए।

कालिमाटी बजारमा शनिबार अन्य तरकारीको मूल्य यस्तो छ।

तरकारी (एकाई प्रतिकेजी) न्यूनतम मूल्य (रुपैयाँमा) अधिकतम मूल्य (रुपैयाँमा)
गोलभेँडा ठूलो ५०  ६०
गोलभेँडा सानो ५० ६०
आलु रातो ३० ४०
आलु सेतो २० ३०
प्याज ३० ४०
गाजर ८० ९०
बन्दा २० ३०
स्थानीय काउली ७० ८०
मुला ३० ४०
भन्टा लाम्चो÷डल्लो ४० ५०
बोडी ६० ७०
तिते करेला ३० ४०
लौका ५० ६०
परवर ४० ५०
घिरौंला ६० ७०
चिचिन्डो ४० ५०
भिण्डी ४० ५०
फर्सी पाकेको ४० ५०
स्कुस ५० ६०
च्याउ १८० २००
गुन्द्रुक २०० २२०

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.