भूकम्प पीडित कृषकलाई ५३ लाख अनुदान

भूकम्प पीडित कृषकलाई ५३ लाख अनुदान


जिल्ला पशु सेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३÷७४ मा भूकम्पपीडित पशुपालक कृषकलाई ५३ लाख अनुदान वितरण गरेको छ ।

भूकम्प पुनःनिर्माण प्राधिकरणबाट प्राप्त अनुदान पाउनेमा जिल्लाका २६८ जना कृषक भएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए।

बाख्राको खोर, गाईभैँसीको गोठ, कुखुराको खोर, उच्च प्रजनन बाख्रा, बोका थुमा वितरण, बंगुरको पाठापाठी, कुखुराको चल्लालगायतमा उक्त अनुदान दिइएको कार्यालयले जनाएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.