सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर

सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर


सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । म्याग्दीमा आवश्यक बिरुवा जिल्लाकै उत्पादनले पुगेकाले यस वर्ष बाहिरबाट आयात गर्नु परेन ।

म्याग्दीको विभिन्न ठाउँमा रहेको नर्सरीमा उत्पादित २५ हजार बिरुवा कृषकलाई अनुदानमा वितरण गरिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले जानकारी दिए। उनका अनुसार दुई हजार ५०० कागतीका बिरुवा भने गोरखाबाट ल्याएर वितरण गरिएको छ ।

यसअघि म्याग्दीमा सुन्तला नर्सरी नहुँदा गोरखा र पाल्पाबाट बिरुवा ल्याएर वितरण गरिँदै आएको थियो । २० पर्ने प्रतिबोट सुन्तला कृषकलाई ५० प्रतिशत अनुदानमा १० मा उपलब्ध गराइएको हो । यस वर्ष म्याग्दीमा ६० हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । जिल्लाको भकिम्ली, दाना, पिप्ले, बरञ्जा, देविस्थान रुन्मा र दानामा सातवटा सुन्तला नर्सरी छन् । बेनपा–३ राखुमा सुन्तला नर्सरी स्थापनाका लागि आधुनिक प्रविधिको स्क्रिन हाउस निर्माण भएको छ ।

बिरुवा बेचेर नर्सरी सञ्चालन गरेका कृषकले रु पाँच लाख आम्दानी गरेका छन् । डेढ लाख बराबरको सुन्तला बिरुवा बेच्नुभएका मङ्गला–४ बरञ्जाका रेशम बुढाथोकीले र नर्सरीबाट डेढ लाख बराबरको सुन्तला बिरुवा बेचेका सोही स्थानका उनले नर्सरीबाट छिटो आम्दानी लिन सकिने बताए।

यस वर्ष सुन्तलालगायत कृषकलाई विभिन्न प्रजातिका ७५ हजार फलफूलका बिरुवा पनि वितरण गरिएकोे कृषि कार्यालयले जनाएको छ । ५० प्रतिशत अनुदानमा २० हजार र पूरै मूल्यमा २२ हजार अलैँचीका बिरुवा वितरण भएको छ । अलैँचीको बिरुवाको मूल्य प्रतिगोटा पाँच छ । यसैगरी, १० रुपैयाँ मूल्य पर्ने कफीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । कफीका पाँच हजार बिरुवा वितरण भएको हो । ५०० आँप, ३५० लिची र २०० अम्बाका बिरुवा वितरण भएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.